स्वावलम्बन लघुवित्तको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

४ बर्ष अगाडि

काठमाडौं, स्वावलम्बन लघुवित्तको संस्थापक समूहको सेयरमा आवेदन दिने आज (मंगलबार) अन्तिम दिन रह्को छ । 

कम्पनीले १ लाख ८९ हजार ६५३ कित्ता संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको थियो । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ७०० रुपैयाँमा यो सेयर बिक्रीमा ल्याएको हो । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 
 
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नारायणचौर नक्साल, काठमाडौँमा पुग्नेगरी आवेदन दिनु पर्नेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया