नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

४ बर्ष अगाडि

काठमाडौं, नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक तर्फको शेयर खरिदका लागी आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । 

कम्पनीले प्रति कित्ता रु.१ हजार २२ रुपैयाँ मूल्य तोकी ७६ हजार ५० कित्ता शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले हिजो असार २८ गतेदेखि भोलि असार ३० गते सम्म आवेदन दिन सकिने छ ।

शेयर खरिदकर्ताहरूले बिक्री प्रबन्धक रहेको श्री आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड टेकुमा शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्ने छन् ।

न्यूनतम १०० कित्ता शेयर खरिद गर्न सक्ने गरी संस्थापक शेयर खुलाएको कम्पनीले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया