‘बाढीपहिरो विपद् व्यवस्थापन समन्वय समिति’ गठन

४ बर्ष अगाडि

काठमाडौं– नेपाली कांग्रेसले बाढी पहिरोका कारण पु¥याएको जनधनको क्षतिको तथ्याङ्क सङ्कलन तथा बाढी पहिरो पीडितलाई राहत कार्यमा सहयोग पु¥याउने उद्देश्यले गठन गरेको ‘बाढी पहिरो विपद् व्यवस्थापन समन्वय समिति’लाई आज पूर्णता दिएको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमितिको यही असार ४ गतेको बैठकको निर्णयानुसार पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतको संयोजकत्वमा गठित सो समितिमा पदाधिकारी र सदस्य मनोनयन गरेका हुन् । समितिको सह—संयोजकमा दिव्यमणि राजभण्डारी, सचिवमा किरण गिरी, कोषाध्यक्षमा  कल्पना चौधरी तथा  सदस्यमा भूमिबहादुर (विश्व) गुरुङ, रामबहादुर विष्ट, बहादुरसिंह थापा, राजीवबिक्रम शाह, तीर्थबहादुर लामा, ललितजंग शाही, देवराज चालिसे र नगिना यादव मनोनित भएका छन् । 

त्यसैगरी समितिका संयोजक बस्नेतले आजै पार्टीका जनार्दन नेपाल, दीर्घबहादुर केसी (कुमार) र चेतनाथ खनाललाई आमन्त्रित सदस्यमा मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
 

४ बर्ष अगाडि

प्रतिक्रिया