काठमाडौं, सोमबार मालबाहक ट्रकबाट पर्सा प्रहरीले २ सय ४७ केजी गाँजा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका–२५ स्थित एकीकृत सुरक्षा जाँच चौकी नजिक एच आर ५५ एम २२०९ नम्बरको भारतीय कन्टेनर ट्रकबाट गाँजा बरामद भएको हो ।
हेटौंडाबाट पर्सा हुँदै भारततर्फ उक्त ट्रकमा गाँजा लैजान लागिएको सूचनाको आधारमा आईसीपी गेटमा ट्रकलाई रोक्दा चालकले ट्रकलाई छोडेर फरार भएका थिए ।
ट्रकको कन्टेनरको च्याम्बर खोली जाँच गर्दा रातो प्लास्टिकमा बेरेर प्याकेट गरिएको अवस्थामा राखिएको २३ वटा पोकाभित्र २ सय ४७ किलो गाँजा फेला परेको उनले बताए । ट्रकलाई गाँजासहित बरामद गरी लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको तथा ट्रकको सवारी धनी र चालकको तदारूकताका साथ खोजतलास भइरहेको उनले बताए ।
प्रतिक्रिया