काठमाडौं- युनियन लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदनको नयाँ रेकर्ड कायम भएको छ। कम्पनीको आइपीओमा अन्तिम दिनसम्ममा झण्डै साढे २१ लाख आवेदकले आवेदन गरेका छन्।
बिक्री प्रबन्धक प्रभु क्यापिटलले दिएको जानकारी अनुसार शुक्रबार साँझ ५ बजेसम्ममा २१ लाख ५० हजार ४७८ जना आवेदकबाट ३ करोड ४० लाख १० हजार ८९० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्।
यसमा अझै बैंकमार्फत आइपीओ भर्नेहरुको आवेदन थप हुने भएकोले आवेदनको संख्या अझै बढ्न सक्छ।
कम्पनीले कुल जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको थियो।
प्रतिक्रिया