मारुती सुजुकीले ह्याच ब्याक स्विफ्टको मूल्य बढ्यो, नयाँ मुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, भारतीय कार निर्माता कम्पनी मारुती सुजुकी इन्डियाले ह्याच ब्याक स्विफ्टको मूल्य बढाएको छ । कम्पनीले नयाँ मूल्य सोमवारदेखि नै लागू भएको बताइएको छ ।

यसअघि स्विफ्टका भ्यारिएन्टहरु ५ लाख ७३ हजारदेखि ८ लाख २७ हजारसम्ममा बजारमा उपलब्ध थिए । स्विफ्ट र सबै सीएनजी भ्यारिएन्टको मूल्य १५ हजार रुपयाँसम्म बढाइएको कम्पनीले जनाएको छ ।

कम्पनीले अल्टो, सेलेरियो, एस–प्रेसो, वागनआर, इको र इर्तिगालगायतका विविध मोडलका सीएनजीभ्यारिन्ट विक्री गर्दै आएको थियो । यिनीहरुको मूल्य ४ लाख ४३ हजार रुपयाँदेखि ९ लाख ३६ हजार रुपयाँसम्म रहेको छ । 

गएको अप्रिलमा पनि कम्पनीले उत्पादन लागतमा भएको वृद्धिको प्रभाव कम गर्न सेलेरियो र स्वीफ्टबाहेक अधिकांश मोडलको मूल्य २२ हजार ५०० रुपयाँसम्म बढाएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया