काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर २ हजार ३७० जना कोरोना संक्रमण पुष्टि भएको छ। ७ हजार ६८९ जनाको पीसीआर परीक्षण गराउँदा १ हजार ६९० जनामा र ३ हजार ८९५ जनाको एन्टिजेन परीक्षण गर्दा ६८० जनामा संक्रमण देखिएको छ।
यस्तै, १ हजार १३३ जना संक्रमण मुक्त भएका छन्।
संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ। देशभर हालसम्म ९ हजार ४०० जनाको मृत्यु भइसकेको छ।
प्रतिक्रिया