हलिउडका सर्वाधिक महंगा र विकाउ अभिनेता टम क्रूजको कस्तो छ बिहे र प्रेम सम्बन्ध ?

४ बर्ष अगाडि

टम क्रूज हलिउड इन्डस्ट्रीका सर्वाधिक महंगा र विकाउ अभिनेता हुन् । आफ्नो करिअरमा कयौं ब्लकबस्टर फिल्म दिएका उनी ‘मिशन इम्पोसिबल’ सिरिजका कारण संसारभर चर्चित छन् । नेपालमा पनि उनको फ्यान फलोइंग जबरजस्त छ । 
 
टम क्रूजको दिल सबैभन्दा पहिला अभिनेत्री मेलिसा गिलबर्टमा बसेको थियो । सन् १९८० को आसपास उनीहरु अफेयरमा थिए । त्यसबेला मेलिसा १७ वर्षकी थिइन् । एक अन्तर्वार्तामा उनले टमसँगको सम्बन्धबारे भनेकी थिइन्, ‘टमसँग कहिल्यै शारीरिक सम्बन्ध भएन । तर, ऊ राम्रो किसर हो ।’ अमेरिकी अभिनेत्री हिथर लकलियरसँग पनि कुनै समय टम क्रूजले डेट गरेका थिए ।
 
टम एक समय अमेरिकी गायिका शेरको प्रेममा पनि डुबेका थिए । त्यस्तै, उनले करीब ६ महिनासम्म अभिनेत्री पेनिलोपे क्रूजलाई पनि डेट गरेका थिए । टमको सुरुवाती समयको हिट फिल्म थियो ‘रिस्की बिजनेस’मा उनको अपोजिटमा रेबेका डी मोरने थिइन् । उनी आफैंले एक अन्तर्वार्तामा स्वीकार गरेकी थिइन् कि यो फिल्मपछि उनी दुई वर्ष टमसँग रिलेशनसिपमा थिइन् । 
 
टमको पहिलो विवाह भने अभिनेत्री मिमी रोजर्ससँग भएको थियो । मिमी पहिला नै विवाहित थिइन् र उनको डिभोर्स भइसकेको थियो । जब टम क्रूज आफ्नो फिल्म ‘टप गन’ को छायांकन गरिरहेका थिए त्यसबेला उनको भेट मिमीसँग भएको थियो । उनले एक अन्तर्वार्तामा आफू मिमीकै कारण राम्रो कलाकार बनेको बताएका थिए । सन् १९९० मा उनीहरु एकअर्काबाट अलग भए ।
 
मिमीसँग डिभोर्स भएको केही समयमा नै टमको हिमचिम अभिनेत्री निकोल किडम्यानसँग बढ्यो । यसपछि उनीहरुले विवाह गरे । यो विवाह ११ वर्षसम्म चल्यो र त्यसै बेला उनीहरुले दुई बच्चालाई एडप्ट गरेका थिए । सन् २००१ मा टम र निकोल पनि अलग भए र सन् २००३ मा उनीहरुको डिभोर्स भयो । ‘आइझ वाइड शट, डेज अफ थन्डर’ जस्ता फिल्ममा उनीहरुले सँगै काम गरेका छन् । 
 
निकोलसँग बैबाहिक सम्बन्ध अन्त्यपछि टमले सन् २००६ मा अभिनेत्री केटी होम्ससँग विवाह गरेका थिए । यद्यपि, विवाहभन्दा अगाडि नै २००६ अप्रिलमा उनीहरुको छोरी सूरीको जन्म भइसकेको थियो । यो विवाह ६ वर्ष मात्र टिक्यो । सन् २०१२ मा उनीहरु अलग भएका थिए । अचेल टम क्रूज आफ्नो फिल्म ‘मिशन इम्पोसिबल ७’ की अभिनेत्री हेली ऐटवेलको प्रेममा रहेको चर्चा छ । (फिल्मी खबर)

४ बर्ष अगाडि

प्रतिक्रिया