'सर्वोच्चको आदेशको सम्मान र स्वागत गर्छु ': योगेश भट्टराई

४ बर्ष अगाडि

नेकपा एमालेका नेता योगेश भट्टराइले सर्बोच्च अदालतले गरेको आदेशको  स्वागत गरेका छन् । 
फेसबुकमा एक स्ट्याटस शेयर गर्दै भट्टराइले सर्बोच्च अदालतको संबैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुनस् स्थापना गर्ने गरी गरेको आदेसको सम्मान र स्वागत गरेको बताएका हुन् ।

उनि लेख्छन् 'सर्बोच्च अदालतको संबैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुनस् स्थापना गर्ने गरी गरेको आदेसको सम्मान र स्वागत गर्दछु । बदलिएको परिस्थितीमा प्रतिनिधिसभाको बाँकी कार्यकालको शुनिश्चितता सहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरुमा संयम र धैर्यताकासाथ अघि बढ्न आह्वन गर्दछु । हिजो भएको १० बुदे सहमतिलाई ईमन्दारिताकासाथ कार्यन्वयन गर्दै नेकपा एमालेलाई संसदभित्र र बाहिर पनि एक ढिक्का रहने छ भन्ने बिश्वास ब्यक्त गर्दछु ।'

सर्बोच्चले आज दुई दिनभित्र देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतद्धारा परमादेश जारी गरेको छ । 

 

४ बर्ष अगाडि

प्रतिक्रिया