हिरो इलेक्ट्रिकद्धारा व्यापार विस्तारमा ७ सय करोड भारु लगानी गर्ने घोषणा

४ बर्ष अगाडि

काठमाडौं - हिरो विद्युतीय सवारीले सन् २०२५ सम्ममा आफ्नो व्यापार विस्तार गर्न भारु ७ सय करोड लगानी गर्ने घोषणा गरेको छ । कम्पनीका अनुसार उक्त विस्तार योजनाअन्तर्गत नयाँ निर्माण इकाईको स्थापना गर्ने काम हुनेछ । जसको लागि मात्रै कम्पनीले भारु २ करोड २० लाख संकलन गरेको छ । 

अटो हिन्दुस्तानका अनुसार कम्पनीले सन् २०२५/२०२६ सम्ममा वार्षिक १० लाख युनिट सवारी बनाउन सक्ने क्षमता भएको निर्माण सुविधा पनि स्थापना गर्ने योजना बनाएको छ । कम्पनीको लुधियानास्थित प्लान्टमा अहिले वार्षिक ७५ हजार युनिट सवारी निर्माण हुँदैछ । यसको क्षमता वृद्धि गर्दै वार्षिक ३ लाख युनिट सवारी निर्माण गर्ने लक्ष्य राखेको छ । 

योसँगै कम्पनीले अनुसन्धान र विकास ९आर एन्ड डी०, मार्केटिङ, यसको आपूर्ति श्रृंखला र सेवा नेटवर्क विस्तार गर्दै डिलर नेटवर्क र चार्ज स्टेशनहरू बढाउँदै छ । हिरोको लक्ष्य पुरा गर्न कम्पनीले गल्फ इसस्लामपक इन्भेस्टमेन्ट ९जिआइआई० को नेतृत्वमा भारु २ सय २० करोडको श्रृङ्खला बी कोषको भाग १ को रूपमा नयाँ पुँजी जुटाएको छ । 

हिरो मोटोकर्प लिमेटेड भारतीय मल्टिनेसनल मोटरसाइल र स्कुटर निर्माण कम्पनी हो । विगत लामो समयदेखि हिरोका बाइकले नेपालमा समेत राम्रो बजार पाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया