काठमाडौं – प्रधानमन्त्री केपीशर्मा ओलीले सरकारलाई कर्मचारीको पूर्ण सहयोग रहेको बताउनुभएको छ ।
अन्तर प्रदेश परिषदको बैठक समापनगर्दै प्रधानमन्त्रीओलीले सो कुरा बताउनुभएको हो ।
“कर्मचारीहरु पनि संघीयतामा पोख्तहोइनन् । उनीहरुले पनि संघीयताको प्रयोग सिक्दैछन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यसैले संघीयता सफलपार्न कर्मचारीले असहयोग गरे,सरकारलाई सहयोग गरेनन् भन्ने कुरा सत्य होइन । हामी राजनीतिज्ञ जस्तै कर्मचारी पनि यस प्रणालीमा नयाँ नै छन् ।उनीहरुले जाने बुझे अनुसार सहयोग नै गरेका छन् । ”
आवश्यकता अनुसारका कर्मचारी नहुँदा प्रदेशहरुमा कर्मचारीको अभाव भएको हुनसक्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
लोकतन्त्र विरोधी केही तत्वहरुले विभिन्न विषय उछालेर देशलाई अस्थिरता निम्त्याउने प्रयास गरेको प्रधानमन्त्री ओलीले बताउनुभयो । “सरकारलाई कहाँबाट बदनामगर्न सकिन्छ । संघीयतालाई कहाँबाट कमजोर पार्न सकिन्छ भन्ने गौंडाहरु कुरेर बसेका छन् ” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यस्ताहरुलाई मौका दिनुहुदैन ।”
देशमा अनेक नाममा द्वन्द्व मच्चाउने र विखण्डनकोे प्रयास गर्नेका विरुद्ध सरकारले कडा कदमचाल्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । “देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ ।
अबचाहिएको कुन व्यवस्था हो ? यही व्यवस्था भित्रबाट जे चाहिएको हो त्यही कुरा पाउन सकिन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यस कारण अनेक नाममा बखेडा किनझिक्ने ? यो त केवल चन्दा उठाउने र जनतालाई त्रसित पार्ने काममात्र हो ।”
आजको बैठकमा प्रदेश ५ का मूख्यमन्त्री शंकर पोख्रेल,कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्र बहादुर शाही र सुदुरपश्चिम प्रदेशका मख्यमन्त्री त्रिलोचन भट्टले आफ्ना प्रदेशका समस्याकाबारेमा प्रतिवेदन पेश गर्नुभएको छ ।
आजको बैठकले प्रदेश र संघका काममा तालमेल मिलाउन,आवश्यक कानुनहरुको परिर्माजन गर्न र प्रदेशहरुलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा अध्ययन गर्नका लागि गृहमन्त्री रामबहादुर थापाबादलको संयोजकत्वमा एक समिती गठन गरेको छ । समितिमा संघीय मामिलातथा स्थानीय विकास मन्त्रीलालबाबु पण्डित,अर्थमन्त्री डा.यूवराज खतिवडा,प्रदेश नं २ का मख्यमन्त्री लालबाबु राउत,प्रदेश ५ का मूख्यमन्त्री शंकर पोख्रेल र मख्य सचिबलोकदर्शन रेग्मी रहेको एक समिति गठन गरेको छ । समितीलाई आगामीपुष ३ गते प्रधानमन्त्री केपीशर्मा ओलीलाई प्रतिवेतन बुझाउने जिम्मा दिइएको छ ।
प्रतिक्रिया