अदालतको निर्णय प्रभावित हुने गरि हस्ताक्षर फिर्ता हुँदैन : झाँक्री

४ बर्ष अगाडि

काठमाडौँ - नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले १० बुँदे सहमति कार्यन्वयन योग्य नभएको बताएकी छिन् । साथै उनले अदालतमा निवेदकको रूपमा रहेका सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरि हस्ताक्षर फिर्ता नहुने स्पष्ट पारेकी छन् ।

गएराति गरिएको १० बुँदे सम्‍झौताबारे संस्थागत धारणा आउने उनको दाबी छ । स्थायी कमिटीको बैठकमा जानेबारे सामान्य बैठकको कार्यविधि निर्धारण नगरी यो सम्‍झौता कार्यान्वयन योग्य नभएको जनाएकी छिन् । 

झाँक्रीले भनिन् 'अदालतमा निवेदकको रूपमा रहेका हामी सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरि हस्ताक्षर फिर्ता लिइने छैन । लिने कुरै आउँदैन । भ्रममा नपरौँ, स्वागत गर्न हतार नगरौँ । निरास पनि नबनौँ । राजनीति हो यसले बाटो लिन्छ । उज्यालो पहिल्याउन सकिन्छ ।'

४ बर्ष अगाडि

प्रतिक्रिया