धनुषामा एक युवतीको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर २ स्थित भुचक्रपुर कहचरीटोल बस्ने २० वर्षीया रञ्जु महतोको शंकास्पद मृत्यु भएको हो ।
आइतबार साँझ आफ्नै घरमा मृत अवस्थामा नवविवाहिता अञ्जुको शव फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए ।
उनले आइतबार साँझ ७ बजे ओछयानमै मृत अवस्थामा अञ्जुको शव फेला परेको र घाँटीमा झुण्डेर आत्महत्या गरेको जस्तो डाम देखिएको भन्दै मृत्यु शंकास्पद रहेको समेत बताए । प्रहरी निरीक्षक सुनारले पोस्टमार्टम रिपोर्टपछि मृत्युबारे स्पष्ट हुने बताए ।
अञ्जुको विवाह गएको फागुन २० गते समाजिक परम्परा अनुसार रामवृक्ष महतोसंग भएको थियो ।
अञ्जुको शवलाई सोमबार बिहान पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।
यता बिर्तामोडमा एक युवतीको शव फेला परेको छ । बिर्तामोड नगरपालिका वडा नम्बर ५ बस्ने २६ बर्षीया सिर्जना बस्नेतको शव आफू बस्ने घर अगाडि सडक किनारमा फेला परेको प्रहरीले जनाएको छ ।
आज बिहान बाटो हिँड्ने मानिसले बिर्तामोडको सुगम पेट्रोल पम्प उत्तर गणपति बेकरी नजिकै सडक किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाको बिषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी सन्तोष आचार्यको बताए ।
बस्नेत बिर्तामोडस्थित एक सहकारीमा कलेक्टरको काम गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
प्रतिक्रिया