एजेन्सी - युरो कपको फाइनलमा पेनाल्टीमा गोल गर्न चुकेका इङ्ग्ल्यान्डका तीन जना खेलाडीमाथि रङ्गभेदी व्यवहार भएको छ ।
फाइनलमा इङ्ग्ल्यान्ड मार्कस राशफोर्ड, जेडन सान्चो र बुकायो साकाले गोल गर्न सकेनन् । पेनाल्टीमा चुकेपछि उनीहरुविरुद्ध सामाजिक सञ्जालमा रङ्गभेदी टिप्पणी हुन थालेको हो । यी तीन खेलाडी अश्वेत हुन् ।
खेलाडीमाथि यस्तो टिका टिप्पणी हुन थाले पछि इङ्ग्ल्यान्डको फुटबल एसोसिएसन एफएले रङ्गभेदी व्यवहारको भत्सर्ना गरेको छ । सामाजिक सञ्जालमा आफ्ना केही खेलाडीमाथि भएको दुर्व्यवहारबाट आफूहरु चकित भएको भन्दै एफएले त्यस्तो काम गर्नेलाई कडा कारबाही गर्ने जनाएको छ ।
यस्ता व्यवहार स्वीकार्य नहुने भन्दै एफएले रङ्गभेदी अभिव्यक्ति दिनेविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । युरो कपको फाइनलमा इटलीसँग पराजित भएपछि आक्रोशित केहीले इङ्ग्ल्यान्डको यी तीन खेलाडीमाथि दुर्व्यवहारपूर्ण टिप्पणी गरेका हुन् ।
प्रतिक्रिया