जागिर छाड्न कर्मचारीलाई चेतावनी

७ बर्ष अगाडि


प्रदेश नंबर ३ का सामजिक विकास मन्त्री युवराज दुलालले सरकारको नीति तथा कार्यक्रमलाई सहयोग नगर्ने मानसिकता भएका कर्मचारिहरुलाई जागिर छोडनको लागि चेतावनी  दिएका छन् ।
मकवानपुर महिला समुहले आज हेटौँडामा गरेको संघियता लैङ्गिक उत्तरदायित्व सेवा प्रवाह विषयक कार्यशाला गोष्टीमा बोल्दै मन्त्री सुवेदीले सरकारलाई असफल पार्ने मानसिकता बोकेकाहरुले अव कुनै स्थान नपाउने चेतावनी दिएका हुन् ।
जनप्रतिनिधिहरुले कानुन निर्माण गर्ने, उनीहरु कानुनको निर्मता रहेको भन्दै मन्त्री सुवेदीले न्यायपालिकाले पनि राज्यको नीति, राज्यले लिएको अग्रगमनको पक्षलाई स्विकार गर्दै सहयोग गर्नुपर्ने बताए । राजनीति गर्ने कार्यकर्ताहरुले समृद्धिको लागि आफ्नो आन्दोलन पुरा गर्दै देशलाई गणतन्त्र, संघियता सबै दिईसकेको र त्यो लागुको चरणमा रहेको भन्दै अव कर्मचारीहरुले उक्त लागु भएको कुरालाई संस्थागत गर्न सरकारलाई सहयोग गर्नुपर्ने उनको भनाई रहेको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री सुवेदीले समाजमा लैङ्गिक विभेद गर्नेलाई कडा भन्दा कडा सजाय हुनेगरी आफुहरु कानुन निर्माणको चरणमा रहेको भन्दै अव जनप्रतिनिधिहरुले न्याय सम्पादन गर्दा कसैको डर र धम्की सहन नपर्ने उनको भनाई रहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया