मनकामना स्मार्ट लघुवित्तको आइपीओ आज बाँडफाँड, करिब २० लाखको हात खालि !

४ बर्ष अगाडि

काठमाडौं - मनकामना स्मार्ट लघुवित्तले सर्वसाधारणमा निष्काशन गरेको प्राथमिक शेयर ९आइपीओ० आज बाँडफाँड हुने भएको छ । संस्थाको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार शुक्रबार प्रि अलटमेन्टपछि आज बाँडफाँड गर्ने भएको हो ।

बिक्री प्रबन्धकले धितोपत्र बोर्डबाट अनुमती पाएपछि सोमबार बिहान ९।३० बजे बाँडफाँड गर्ने भएको हो । लघुवित्तले असार १७ देखि २१ गतेसम्म बिक्री गरेको आइपीओमा अन्तिम दिनसम्ममा २० लाख ३६ हजार २४५ जना आवेदकबाट  २ करोड ६५ लाख ७४ हजार ०५० कित्ताको लागि आवेदन परेको छ ।यो संस्थाले निष्काशन गरेको साधारण शेयरको ७३ गुणा हो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । अन्तिम तथ्यांकलाई हेर्दा ग्रोलाप्रथाबाट वितरण गर्दा उक्त कम्पनीको आईपिओ भाग्यमानी ३६ हजार ३४५ जना आवेदकहरुले मात्र पाउनेछन् भने १९ लाख ९९ हजार ९०० आवेदकको हात खाली हुने निश्चित छ  ।

लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार बाँडफाँट हुनेछ । निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ता बाँडफाँट गर्दा भाग्यमानी ३६ हजार ३४९ जनाले मात्रै लघुवित्तको शेयर पाउने छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया