बारा – बारा जिल्लामा रहेका १६ वटा स्थानीय तहका कामकाज अहिले अस्तव्यस्त रहेका छन् । अस्तव्यस्त हुनुको मुख्य कारण भने स्थानीय कर्मचारी नै देखिएको छ । तत्कालीन जिल्ला विकास समिति , गाँउ विकास समितीमा कार्यरत्त रहेका स्थानीय कर्मचारीहरु हाल स्थानीय तहमा हावी भएकाले स्थानीय तह अस्तव्यस्त भएको हो । जिल्ला विकास समितिका कार्यरत्त रहेका स्थानीय कर्मचारी विरेन्द्र महतो , राजिव यादव , रामभजन यादव, जितेन्द्र यादव , सुरेस साह, राम विश्वास चौरसिया , रुस्तम अजाद अंसारी , वृज किशोर कुशवाहा लगायतका कर्मचारी अहिले स्थानीय तहमा हावी भएकाले स्थानीय तहहरु अस्तव्यस्त भएको हो ।
कसरी भएको छ स्थानीय तह अस्तव्यस्त ?
नेपाल सरकारले स्थानीय कर्मचारीलाई समायोजन गर्ने निति ल्याए लगतै तत्कालीन जिल्ला विकास समिति कार्यालय बाराका योजना शाखा अधिकृत विरेन्द्र महतोले जीतपुरसिमरा उपमहानगरपालिकामा सरुवा गराए ।
उपमहा नगरपालिकाका नगर प्रमुख डाक्टर कृष्ण पौडलले १० बजे देखि ५ बजे सम्म कार्यालयमा बस्न भनेपछि त्याहाँ टिक्न सकेनन् । टिक्न नसकेपछी महतोले एक मिडिया हाउसको दम्भमा कोल्हवी नगरपालिका कार्यालयमा सरुवा भएर गए । त्यँहा उनले योजनामा चलखेल गर्न खोजे तर सकेन्न । बरु आफ्नो नातेदारहरुलाई अबैधानीक रुपले करारमा नियुक्ती गराउन सफल भयो । यसको विधोर भएपछि र रहस्य बाहिरी पछि उनी कोल्हवी नगरपालिकाबाट सरुवा गराएर हाल करैयामाई गाँउपालिकामा गए ।
करैयामाई गाँउपालिकामा महतो गएपछि योप्य बैठक बसी एक आपसी सम्झदारी गरे । पालिकाका अध्यक्ष लगायत स्थानीय नेताहरुलाई योजना शाखा आफूलाई संचालन गर्न दिए आफूले व्यापक कमाई गरी कमिशन उपलब्ध गराउने निर्वाचित नेताहरुसँग समझैता नै गर्न भ्याए । तर करैयामाई गाँउपालिकामा निजामती कर्मचारीको दरबन्दी पूर्ती भईसकेकोले महतोलाई प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरीले योजना फाँट नदिई पञ्जीकरण शाखाको जिम्मेवारी दिएका छन् ।
हाल महतो सो जिम्मेवारी नलिई कार्यालयमा हाजिरी गरी घर बस्दै गरेका छन् । अर्को तर्फ महतोले पालिकाका निजामती कर्मचारीहरुलाई निर्वाचित जनप्रतिनीधीबाट मानसीक ददाव दिलाउने गरेको जानकारी आएको छ । स्मरण रहोस महतो बारा जिल्लाबाट प्रकाशित हुने संस्कार खबर पत्रिका तथा संस्कार एफएमका संचालक हुन् ।
यसैगरी सिम्रौनगढ नगरपालिकाका योजना शाखा प्रमुख राजिव यादव , जिन्सी शाखा प्रमुख सुरेश साहले कानुनको खिल्ली उडाउदै व्यापक भ्रष्टचार गर्ने गरेका छन् । सिम्रौनगढ नगरपालिकाका योजना प्रमुख यादवले नगरको योजनाका सम्पूर्ण कार्यहरु कोटेशनमा कमिशन लिई दिई गरको रहस्य खुलेको छ । साथै जिन्सी शाखा प्रमुख साहले बजार भन्दा बढी मूल्यमा आफूले नै समान खरिद गरी बिल भरपाई मिलान गरी रकम कुम्ल्याउने काम गर्दै आएका छन् ।
त्यसैगरी कोल्हवी नगरपालिकाका जिन्सी शाखा प्रमुख रामभजन यादवले भ्रष्टचारको सिमा नै नाघेका छन् । नेपाल सरकारको निती अनुसार एकै प्रकृतीका समानहरु एक आर्थिक वर्षमा कोटेश्न मार्फत ५ लाख भन्दा बढी रकमको खरिद गर्न नपाईने निती रहेको छ । तर यादवले आई सेभेनको बिल बनाई कोल्हवी नगरपालिकाको सम्पूर्ण वडाहरुमा आई थ्रि को डेक्सटक कम्प्युटर दिएका छन् ।
महागढीमाई नगरपालिकाका योजना शाखा प्रमुख राम विश्वास चौरसियाले योजनाको सम्झैता गर्नु अगाडी नै कार्यालयलाई कति प्रतिश्त भन्ने प्रश्न गर्छ । भने जिन्सी शाखाको जिम्मेवारी लिएका महमद रुस्तम अजाद अंसारीले कोटेशन कै भरमा सामान खरिद गर्ने गर्दछ । कोटेशनबाट सामान खरिद गर्दा बढी कमिशन पाउने गरेकाले नगरपालिका स्थापना भएदेखि एक पल्ट पनि टेण्डर गरेको देखिदैनन् ।
साथै सोही नगरपालिकाको सामाजिक शाखाको जिम्मेवारी लिएका छन् वृजकिशोर कुशवाहाले । कुशवाहाले भने योप्य रुपमा पहिला नै नजराना लिई लक्षित वर्गको रकम सिध्याउने गरेको छ ।
महागढीमाई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतले यि तिनै कर्मचारीको अधिनमा नबसे बिवादीत बनाई दिने गरेका छन् । महागढीमाई नगरपालिका चलाउने यिनै तिन कर्मचारीले नै हो । प्रमुख प्रशासकीय अधिकृतलाई कठपुत्ली जस्तो घुमाउने गर्दछ ।
कहि निजामती कर्मचारी नै ठेक्केदार
फेटा गाँउपालिकाको काम भने सून्य प्रतिश्त रहेको छ । अख्तियार दुरुप्योग अनुसंधान आयोग क्षेत्रिय कार्यालय हेटौडांले केहि महिना अगाडी भ्रष्टचार गर्दा गर्दै लेखापाल सौरभ साहलाई पक्राउ गरेको हो । साहलाई ३० हजार रकम लिई रहेको अवस्थामा रंगेहात नै पक्राउ गर्यो । त्यसै कारणले फेटा गाँउपालिकाको योजनाका कार्यहरुको भुक्तानी नै भएको छैनन् । काम सकाई सकेका उपभोक्ता समितीहरुले अहिले भुक्तानीको लागि कार्यालयमा धाउने गरेको सबैलाई थाहा भएकै होला ? पालिकामा अख्तियारले छापा मार्दा योजना शाखाका कर्मचारी रहेका सुशिल यादवले आफू पनि फस्न सक्ने डरले उपभोक्ता समितिको सम्पूर्ण कागजात नै हराई दिएका छन् । यादव यो पालिकाको पुरानो कर्मचारी भएकाले कमिशन उठाउने ठेक्केदार नै भएको छ । भुक्तानी गराउनु अघि यादवलाई नजराना नबुझाए सम्म भुक्तानीको टिप्पणी नै नउठाई दिने गर्दछ ।
बाराको पश्चिममा पर्सा तथा दक्षिणमा भारत सिमा क्षेत्र सँग रहेका बिश्रामपुर गाँउपालिकाको हालत पनि त्यसै रहेको छ । गाँउपालिकाका अध्यक्ष अमिरीलाल पालले आफ्नो निकट कर्मचारी दिपक पाललाई बोलाएका छन् । निजामती कर्मचारी पालले गाँउपालिका रहेका सबै अधिकार तथा शाखा प्रमुख आफ्रनै जिम्मा लिएको हो । दर्ता , चलानी , सामाजिक , प्रशासन , योजना यी सबै शाखा आफैले नै देखेपछि अन्य कर्मचारी भने मुकदर्शक बनेका छन् ।
प्रतिक्रिया