काठमाडौं, नुवाकोटको बिदुर नगरपालिका८ राईसिंहबाट तास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले शनिबार तासमा मस्त उनीहरुलाई नुवाकोट प्रहरीले दुर्गा अधिकारीको घरबाट पक्राउ गरेको हो ।
तास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले नगद १ लाख २९ हजार ७ सय ६५ रुपैयाँसहित उनीहरुलाई खालबाटै पक्रिएको हो ।
प्रतिक्रिया