काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १ हजार ५३३ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २१८ जनामा गरिएको परीक्षणमा एक हजार ८३१ जनामा संक्रमण देखिएको हो। मन्त्रालयका अनुसार ५ हजार ५३५ जनामा आरटी पीसीआर र ३ हजार ६८३ जनामा एन्टिजेन परीक्षण गरिएको थियो। यसमध्ये पीसीआरबाट एक हजार २३७ र एन्टिजेनबाट ५९४ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै सोही अवधिमा २० जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया