५ जनामा कोरोनाको नयाँ भेरियन्ट पुष्टि, कुन कुन जिल्लामा ?

४ बर्ष अगाडि

काठमाडौं, आइतबार गण्डकी प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट कोरोनाभेटिएको छ । 

स्याङ्जा र गोरखामा कोरोनाको ‘डेल्टा भेरियन्ट’ फेला परेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले नमूना परीक्षणका लागि काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएकोमा डेल्टा भेरियन्ट पुष्टि भएको हो ।

स्याङ्जाको कालिगण्डकीका १४ र ६० वर्षका दुइजना पुरुष र गोरखा बारपाक सुलिकोटका ३३,४० र ७० वर्षिया तीन महिलामा नयाँ भेरियन्ट पुष्टि भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्माद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

डेल्टा भेरियन्ट भाइरस यसअघिको अल्फा भेरियन्टभन्दा बढी संक्रमित हुने भन्दै सचेत रहन आग्रह गरिएको छ ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया