कारोबारको पहिलो घण्टा : नेप्सेमा झन्डै ४५ अंंकको वृद्धि, कारोबार रकम कति ?

४ बर्ष अगाडि

काठमाडौं,  कारोबारको पहिलो दिन (आइतबार) कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक झन्डै ४५ अंकले उकालो लागेको छ । 

आज परिसुचक सो अवधीसम्ममा ४४.९१ अंकले बढेर २८७०.०२ को बिन्दुमा पुगेको छ । 

एक घण्टाको अवधिमा कारोबारमा आएका २११ ओटा कम्पनीको १८ हजार ७१८ पटकको कारोबारमा ४९ लाख ७५ हजार २३६ कित्ता शेयरको रू १ अर्ब ७२ करोड ७ लाख बराबरको कारोबार भएको छ ।

यस अवधिसम्म एन आईसी एसिया बैकको सार्वधिक कारोबार भएको छ । उक्त कम्पनीको रू ७ करोड १८ लाख बराबरको शेयर कारोबार भएको छ । 

आज २११ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १७४ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको २ शेयरमूल्य घटेको छ । ५ कम्पनीको मूल्य स्थीर रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया