काठमाडौं, समृद्धि फाइनान्सले मंगलबार (असार २९ गते) बाट संस्थापक समूहको ११ लाख ३५ हजार ५५८ कित्ता सेयर लिलामी बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले यसअघि लिलामी बिक्री खुला गर्दा सबैमा आवेदन नपरेपछि पुनः बिक्री गर्न लागेको हो । कम्पनीले यसअघि १३ लाख ८० हजार ७१८ कित्ता सेयर लिलामीमा ल्याएको थियो । यसमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ ।
लिलामी भर्ने अन्तिम म्याद साउन ५ गतेसम्म तोकिएको छ । यसमा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट नक्साल काठमाडौं तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा, पुतलीसडक, बुटवल, पोखरा र नारायणघाट शाखा कार्यालयबाट आवेदन सकिनेछ ।
त्यसैगरी, बैंक अफ काठमान्डूको विराटनगर, विर्तामोड, जनकपुर, वीरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, बाग्लुङ, घोराही, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी ज्योति विकास बैंकको महेन्द्रनगर कञ्चनपुर शाखाबाट पनि आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया