प्रि ओपन सेसन : २०.३३ अंक बढ्यो नेप्से

४ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो दिन(आइतबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक २०.३३ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २३.९७ अंक बढेर २८२५.११ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २०.३३ अंक बढेर २८४५.४३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.८९ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ३७ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये २९ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ४ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया