नेपाली बजारमा सामसुङ ग्यालेक्सी ए–२२ सार्वजनिक, मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं - सामसुङले नेपाली बजारमा ग्यालेक्सी ए–२२ सार्वजनिक गरेको छ । ४८ मेगापिक्सल क्वाड क्यामरा, ५ हजार एम्पिएयर ब्याट्रिलगायतका विशेषता रहेको कम्पनीले सार्वजनिक गरेको हो । 

सामसङ मोबाइल नेपालका विजिनेस हेड प्रणयरत्न स्थापितले यो सेगमेन्टका फोनमा उत्कृष्ट फिचरसहित सहुलियत मूल्य रहेको जनाएको छ । यसमा १२३ डिग्रीको फिल्ड भ्यु युक्त ८ मेगापिक्सलको अल्ट्रा वाइड लेन्सले मानवआँखाले जस्तो देख्दछ तेस्तै फोटो कैद गर्ने कम्पनीको दाबी छ ।

ग्यालेक्सी ए–२२ ब्ल्याक, मिन्ट र भ्वोइलेट रंगहरुमा उपलब्ध रहेको छ । ६ जीबी प्लस १२८ जीबी भेरियन्टको मूल्य २८ हजार रहेको कम्पनीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया