वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीको इजाजतपत्र तीन वर्षका लागि नवीकरण गर्ने

४ बर्ष अगाडि

काठमाडौं - वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसायीहरुको इजाजतपत्र ३ वर्षका लागि नवीकरण गर्ने भएको छ ।  विभागले रित पुगी आएका आवेदनको व्यहोरा वा आवश्यक कागजात हेरेर इजाजतपत्र प्राप्त संस्थाको इजाजतपत्र ३ वर्षका लागी नवीकरण गरिदिने भएको हो । 

अघिल्ला दुई वर्षसम्म वार्षिक सयजना कामदार पठाउन नपाएका म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण गरिदिने मन्त्रिपरिषद्को असार १४ गतेको निर्णयपछि इजाजतपत्र तीन वर्षका लागि वा आगामी एक आर्थिक वर्षका लागि मात्रै नवीकरण गर्ने भन्ने विषयमा विभाग र व्यवसायीबीच फरक–फरक दृष्टिकोण देखिएको थियो । 

वैदेशिक रोजगार ऐनको दफा १२ बमोजिम व्यवसायीले चाहेमा एकै चोटी तीस हजार रुपैयाँ नवीकरण दस्तुर बुझाएर तीन वर्षका लागि इजाजतपत्र नवीकरण गर्न सक्ने प्रावधान छ । तर मन्त्रिपरिषद्को निर्णयपछि विभागले सकेसम्म एक वर्षका लागि मात्र इजाजत नवीकरण गरिदिने सोच बनाएको बताइएको थियो । 

तर शुक्रबारपछि विभाग व्यवसायीहरुको माग अनुसार इजाजत नवीकरण गर्न तयार भएको बताइएको छ । ऐन र नियमावलीको प्रावधान पूरा गरेर आउनेहरुको इजाजत नवीकरण गर्दा तीन वर्ष अवधिका लागि नै नवीकरण गरिदिने विभागले जनाएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया