नेपाली बजारमा भित्रियो अटोमोबाइलको नयाँ ब्रान्ड, मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाली बजारमा अटोमोबाइलको नयाँ ब्रान्ड भित्रिएको छ । चीनको अटो कम्पनी ग्रेटवाल मोटर (जीडब्लुएम) ब्रान्ड नेपालमा भित्रिएको हो ।

नेपालका लागी ग्रेटबाल मोटरको आधिकारिक वितरक विशाल ग्रुप अन्तर्गतको भिजि इम्पेक्सले नयाँ मोडल सहितका गाडी नेपाली बजारमा ल्याएको छ । करिब ५ महिना पहिले विशाल ग्रुप नेपालको लागी ग्रेटबाल मोटरको आधिकारीक वितरकमा नियुक्त भएको थियो । नियुक्त भएको ५ महिनामै नेपाली बजारमा कम्पनीले गाडी ल्याएको हो । 

ग्रेटवाल अन्तर्गतको कम्पनी ह्यावलका तेस्रो जेनेरेसनको ह्यावल एच ६ र ह्यावल जोलियन र पिकअपमा पोअर नेपाल आएका छन् । यी मोडलका गाडी बिशेषगरी लुक्स र डिजाइन आकर्षक रहेको छ । लुक, इन्टेरियर स्पेस, ओभरल पर्फमेन्स र सेफ्टीलाई ध्यानमा राखेर विस्तृत रुपमा रिडिजाइन गरिएका यी गाडी नेपाली बजारमा सफलता पाउने जनाइएको छ ।

नेपाल भित्रिएका राम्रो बनावट र प्रिमियम विशेषताले भरिपूर्ण थर्ड जेनेरेसन ह्यावल एच सिक्स (एच६) मा शक्तिशाली २.० लिपेट्रोल टर्बो इन्जिन दिइएको छ । त्यस्तै ह्यावल जोलियनमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन र पोअरमामा २.० लिटर टर्बो डिजेल इन्जिन रहेको छ ।

निकट भविष्यमा ग्रेटवाल मोटर्सले नयाँ जेनेरेसनको इलेक्ट्रिक कार ओरा आर १ समेत नेपाली बजारमा ल्याउने तयारी गरिरहेको छ । ओरा आर १ विश्वकै सबैभन्दा सस्तो इलेक्ट्रिक कारको रुपमा पनि परिचित छ । 

साथै कम्पनीले जीडब्लुएमको लोकप्रिय गाडी विंगल पिकअप पनि छिट्टैै नै बजारमा ल्याउने तयारीमा रहेको बताएको छ । हाल नेपालमा यो गाडी आइसके पनि मुल्य र सबै विशेषताबारे जानकारी दिएको छैन ।

४ बर्ष अगाडि

प्रतिक्रिया