मुक्तिनाथ विकास बैंकको संचालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा विभिन्न बाणिज्य बैंकहरुमा लामो समय अनुभव हासिल गरि २०७३ मंसिर १९ गते बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत प्रद्युमन पोखरेललाई आगामी चार वर्षको लागि नियुक्त गरेको छ ।
बाणिज्य शास्त्रमा स्नातकोत्तर हासिल गर्नु भएका पोखरेलले सन् १९९१ म नबिल बैंकबाट आफ्नो बैंकिङ्ग क्यारियर सुरु गरेका थिए भने करिब १९ वर्ष नबिल बैकका विभिन्न विभागहरुको जिम्मेबारी बहन गर्दै करिब सन् २०१० देखि सन् २०१६ सम्म मेघा बैंक नेपाल लिमिटेडमा सहायक महाप्रबन्धकका रुपमा कार्यरत पोखरेल सन् २०१६ अर्थात २०७३ मंसिर १९ गतेदेखि यस बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत रहेका थिए ।
बैंकको स्थापना कार्यकाल देखि नै प्रमुख कार्यकारी अधिकृत ररहेका भरतराज ढकालको कार्यकाल २०७५ को बैशाख मसान्तमा समाप्त हुन गएको हुँदा पोखरेललाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरिएको हो ।
यद्यपि पोखरेललाई बैंकले प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेता पनि उनको कार्यकाल २०७५ जेष्ठ १ गते देखि लागु हुने छ भने सो समयसम्म ढकाल नै प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत रहने बैंकले जनाएको छ ।
प्रतिक्रिया