२८ किलो चरेससहित २ जनालाई  पक्राउ

४ बर्ष अगाडि

बुटवलमा  प्रहरीले २८ किलो लागुऔषध चरेससहित २ जनालाई  पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका ११ देवीनगरस्थित नमस्ते पथबाट बाग्लुङ बढिगाउँ गाउँपालिका ८ निवासी ३६ वर्षीय रोहित राना र सोही ठाउँ निवासी ६३ वर्षीय जीवन पुनलाई प्रहरीले पक्राउ गरेको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान  टोली र रुपन्देहीको टोलीले लागुऔषध चरेससहित उनीहरूलाई पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय  रुपन्देहीका  प्रहरी नायव उपरीक्षक एवं  प्रवक्ता  सत्यनारायण थापाले  बताए ।
प्रहरीले उनीहरुबाट लु २५ प ६५४४ नम्बरको स्कुटर समेत  नियन्त्रणमा लिएको  छ । पक्राउ परेकालाई   ईलाका प्रहरी कार्यालय बुटवलमा राखी थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया