ताप्लेजुङ - ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई बैंक खाता तत्काल अद्यावधिक गर्न अनुरोध गरेका छ ।
पालिकाले एक सूचना जारी गर्दै चालू आर्थिक बर्ष २०७८/७९ को सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको तेस्रो चौमासिकबापतको रकम बैंक खातामा निकासा भइसकेकाले खाता अद्यावधिक गर्न बाँकी रहेकालाई यथाशीघ्र अद्यावधिक गरी प्रक्रियामा जान आग्रह गरेको छ ।
साथै बैंक खाता अद्यावधिक नगरेका कारण सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भए लाभग्राही आफैं जिम्मेवार हुनुपर्ने जनाएको छ ।

प्रतिक्रिया