किन स्थगित भयो राष्ट्रिय युवा संघको सडक प्रदर्शन

४ बर्ष अगाडि

काठमाडौं - राष्ट्रिय युवा संघ नेपालले आजका लागि तय गरेको सडक प्रदर्शन स्थगित भएको छ ।  प्रदर्शन अब आइतवार दिउँसो ३ बजे हुने युवा संघले जनाएको छ । 

युवा संघले नयाँ बानेश्वरदेखि माइतीघर मण्डलसम्म निर्वाचनको पक्षमा सडक प्रदर्शन गर्ने तय गरेको थियो । एमाले विवाद समाधानका लागि गठित कार्यदलले सहमतिको मस्यौदा तयार पारेकाले आज साँझै छलफलपछि एमाले एक भएको सन्देश दिने तयारी भएकाले सडक प्रदर्शन रोकिएको बताइएको छ ।

युवा संघले वर्तमान सरकार र नेकपा एमालेविरुद्धको घेराबन्दी, विपक्षी गठबन्धनको असंवैधानिक र राष्ट्रघाती कदमविरुद्ध भन्दै सडक प्रदर्शन गर्ने जनाएको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया