यात्रु सँग महंगो भाडा लिने दुई माइक्रोबस प्रहरीको नियन्त्रणमा

४ बर्ष अगाडि

काठमाडौं - निषेधाज्ञामा यात्रुबाट महंगो भाडा लिने दुई माइक्रोबसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोरखा काठमाडौं यात्रु ओसारपसार गर्ने गोरखाका दुई माइक्रोबसलाई नियन्त्रणमा लिएको हो । 

काठमाडौंबाट यात्रु लिएर गोरखा जादै गरेको बा ५ ख १०७७ र गोरखाबाट यात्रु लिएर काठमाडौं आउदै गरेको बा ५ ख १०७३ नम्बरको माइक्रोबसलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई निषेधाज्ञा उल्लघंन गरेको कसुरमा कारवाही हुने प्रहरीले जनाएको छ । गोरखाबाट काठमाडौंसम्मको नियमित माइक्रोबस भाडा ४५० रुपैयाँ छ । तर उनीहरुले दोब्बरभन्दा धेरै असुल्ने गरेको पाइएको प्रहरीले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया