बलात्कारको आरोपमा कांग्रेस नेता  पक्राउ

४ बर्ष अगाडि

बलात्कार आरोपमा रौतहटको देवाही गोनाही नगरपालिकाबाट एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा कांग्रेसका स्थानीय नेता समेत रहेका ५० वर्षीय नागेश्वर कुश्वाहा रहेका छन् । 

स्थानीय एकजना विवाहित महिलालाई करणी गरेको आरोपमा कुश्वाहामाथि जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेर जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थमाई थप अनुसन्धान अघि बढाईएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बताए । 

३ दिनअघि उनले पीडित महिलालाई केही घरायसी प्रयोगको सामान खरिद गर्न भनी आफ्नो मोटरसाइकलमा राखेर गरुडा बजारतर्फ थिए। तर, बजार भन्दा केहीवरै   पर्ने किनारको कांसघारीमा लगेर उनले जबरजस्ती करणी गरेको महिलाले मौखिक उजुरी लिएर आएपछि थप कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा पठाएको ईलाका प्रहरी कार्यालय देवाही गोनाहिका इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए । 

पीडित महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ परिक्षण समेत भैसकेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया