५ हजार दर्शकलाई प्रवेश दिने भनिएको टोकियो ओलम्पिक बन्द रङ्गशालामा हुने, स्थगित गर्न दवाव दिदै ब्यानर प्रदर्शन

४ बर्ष अगाडि

काठमाडौं - यसै महिनादेखि जापानमा आयोजना हुने टोकियो ओलम्पिक २०२० बन्द रङ्गशालामा हुने भएको छ । जापानमा कोरोना भाइरसको लहर पुनः बढ्दै गएको कारण ओलम्पिक बन्द रङ्गशालामा गराउने निर्णय भएको हो । 

कोरोना बढ्दै गइरहेको अवस्थामा जापानी प्रधानमन्त्री योसिहिदा सुगाले बिहीबार मात्रै ८ देखि २२ अगस्टसम्म आपतकालको घोषणा गरेका छन् । २३ जुलाइदेखि सुरु हुने ओलम्पिकमा १० हजार समर्थकलाई खेलमा उपस्थित गराउने आयोजकले योजना बनाएको थियो । 

त्यसपछि ५ हजार समर्थकलाई खेलहरूमा प्रवेश दिने योजना बनाए पनि पछिल्लो घट्नाक्रमले बिना दर्शक नै खेल गराउने आयोजकले निर्णय गरेको छ । कोरोनाको प्रभाव बढ्दै गएपछि जापानी जनताले ओलम्पिक नै स्थगित गर्नुपर्ने भन्दै ब्यानर प्रदर्शन गरेका छन् ।

विश्व खेलकुदको कुम्भमेला ओलम्पिकमा ३३ खेलमा विभिन्न ३ सय ३९ इभेन्टमा करिब ११ हजारभन्दा बढी एथलिटले सहभागिता जनाउँदै छन् । नेपालबाट पौडीबाट गौरिका सिंह र एलेक्सजन्डर शाह, १० मिटर एयर राइफल ९सुटिङ०मा कल्पना परियार, १०० मिटर दौडमा सरस्वती चौधरी र जुडोकी सोनिया भट्टले ओलम्पिकमा प्रतिस्पर्धा गर्दै छिन् । प्यारालम्पिकमा तेक्वान्दोकी पलेसम गोवद्र्धनले नेपालको चुनौती पेस गर्नेछिन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया