काठमाडौं । एस्ट्रीक टेक्नोलोजीले गुगल प्लेस्टोरमा नेपाली गेम JUGG WARS सार्वजनिक गरेको छ । सन् २०५० को परिकल्पना गरेर बनाइएको यो एक हाइ ग्राफिक्स थर्ड पर्सन सुटर गेम रहेको बताइएको छ ।
यस गेमलाई गुगल प्लेस्टोरमार्फत सार्वजनिक गरिएको छ । यस गेममा सन् २०५० को परिकल्पना गरिएको छ जहाँ दुश्मनहरु विश्व सम्पदालाई नियन्त्रण गर्न काठमाडौँ नजिक आइसकेका हुन्छन् । तर, त्यसको प्रतिरक्षा गर्न नेपाल एलिड रोबोटिक्सले सामान्य आर्मीभन्दा शक्तिशाली JUGG नामक एक मेकानिकल रोबोट बनाएको हुन्छ ।
नेपाली डेभलपरहरु भएको उदयीमान गेम डेभलपिङ्ग कम्पनी, एस्ट्रीक टेक्नोलोजीले सार्वजनिक गरेको उक्त गेमको मुख्य विषेता उच्च ग्राफिक्स भएको थर्ड पर्सन सुटर, जग भएर लडाइ गर्ने पृथक अवधारणा र ५ प्रतिद्वन्दीहरुसँग युद्ध गर्नुपर्ने साथै गेम प्लेस्टोरबाट निःशुल्क डाउनलोड गरी खेल्न सकिने रहेको छ ।
प्रतिक्रिया