एजेन्सी - हाइटीको सिनेटले जोसेफ लाम्बर्टलाई अन्तरिम राष्ट्रपति घोषणा गरेको छ । गत् बुधबार हाइटीका राष्ट्रपति जोभेनेल मोइजको पोर्ट औ प्रिन्सस्थित आफ्नै निबासमा गोलि हानेर हत्या गरिएपछि राष्ट्रपति पद रिक्त हुन पुगेको थियो ।
लाम्बर्टलाई राष्ट्रपति नियुक्तीको सङ्कल्प प्रस्ताब सिनेटबाट पारित गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सङ्कल्प प्रस्ताब शुक्रबार सिनेटमा लगिएको थियो । जसलाई प्रतिपक्षी दल र विभिन्न संगठनहरुले समेतले समर्थन गरेको थिए ।
हाइटीको केही राजनीतिक दलले भने एरियल हेनरीले नयाँ सरकारको नेतृत्व गर्नुपर्ने भन्दै ज्ञापन पत्र बुझाएका छन् । राष्ट्रपति जोभेनेलले हत्या हुनुभन्दा दुई दिन अघि मात्रै हेनरीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।
तर हेनरी कार्यभार सम्हाल्न नसकेको र सङ्क्रमणकालीन प्रधानमन्त्री क्लाउड जोसेफले नै आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको प्रकृया शुरु गर्नुपर्ने केही राजनीतिक दलले माँग गरेका छन् ।
प्रतिक्रिया