ब्राउन सुगरसहित दुई जनालाई पक्राउ

४ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय दाङ्गले  लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका–१५ हिमाल टोल बस्ने २९ बर्षीय राकेश बस्नेतले आफ्नो कोठामा ब्राउन सुगरको कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा छापा मार्न पुगेको प्रहरीले २ ग्राम १७० मिलिग्राम तौलको  ५ पुरिया  ब्राउन सुगर  र ९ हजार ८ सय रुपैयाँ नगद बरामद गरेको जनाइएको छ । 

सो क्रममा उनी र स्थानीय ३७ बर्षीय अंकित रावतसमेतलाई पक्राउ गरि अनुसन्धान अगाडी बढाइएको  त्यहाँका प्रहरी प्रवक्ता  डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया