एजेन्सी - अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको छ । करिब एक घण्टा लामो वार्ताका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले साइबर आक्रमणलाई लिएर अमेरिका गम्भीर रहेको बताएका छन् ।
उनले रुसबाट हुने साइबर आक्रमण रोक्नका लागि आवश्यक पर्ने हरेक प्रकारका कार्य गर्न अमेरिका तयार रहेको रुसी राष्ट्रपति पुटिनलाई बताएको ह्वाइट हाउसले जनाएको छ । टेलिफोन वार्तापछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै राष्ट्रपति बाइडेनले रुसले साइबर आक्रमणको मूल्य चुकाउनुपर्ने बताएका छन् ।
गत महिना भएको साइबर आक्रमणको सम्बन्ध रुससँग रहेको अमेरिकाले बताउँदै आएको छ । त्यसअघिका साइबर आक्रमणमा पनि रुसी साथ पाएका समूहहरु संलग्न रहेको अमेरिकाले आरोप लगाउने गरेको छ । तर रुसले भने साइबर आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ ।
प्रतिक्रिया