काठमाडौं - कोपा अमेरिका फुटबल प्रतियोगितामा कोलम्बिया तेस्रो बनेको छ । शनिबार बिहान भएको खेलमा कोलम्बियाले पेरुलाई ३-२ ले पराजित गरेको हो ।
कोलम्बियाको जितमा लुइस डियाजले दुई गोल गरे । डियाजले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि कोलम्बिया विजयी भएको हो । सेमिफाइनलमा पराजित भएका दुई टोलीले तेस्रो स्थानका लागि खेलेका हुन् । सेमिफायनलमा पेरु ब्राजिलसँग र कोलम्बिया अर्जेन्टिनासँग पराजित भएको थियो ।
अब फाइनल खेल भोलि बिहान पौने ६ बजे ब्राजिलको रियो दि जेनेरियो शहरको प्रसिद्ध माराकाना रङ्गशालामा हुनेछ । उपाधिको लागि ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुदैछ
प्रतिक्रिया