काठमाडौं - पार्टीको विवाद समाधानका लागि गठित नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्दै छ । सहमतिको दस्ताबेजलाई अन्तिम रुप दिन बैठक बस्ने भएको हो ।
हिजो बसेको बैठक सहमतिमा टुंगिएको छ । कार्यदलका सदस्य प्रदिप ज्ञवालीका अनुसार सहमतिको दस्ताबेजलाई आज पुनः बैठक बसेर अन्तिम रुप दिइने छ । भाषिकसँगै अन्य परिमार्जन गरेर आज सहमतिको दस्ताबेज सार्वजनिक गरिने उनले बताए ।
कार्यदलले शुक्रबार झण्डै ७ घण्टा अर्थ मन्त्रालयमा छलफल गरेको थियो ।
प्रतिक्रिया