विश्वभर ३०० युनिट मात्रै उत्पादन भएको मोटरसाइकल नेपाल भित्रियो, मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौ - विश्वभर ३ सय युनिट मात्रै उत्पादन भएको विश्व प्रसिद्ध इटालियट ब्रान्ड एमभी अगस्टा सुपरभेलोस मोटरसाइकल नेपाल भित्रिएको छ ।

एमभी अगस्टा सुपरभेलोस सिरी ओरो बाइक एसजे मोटोले नेपाली बजारमा भित्र्याएको हो । उक्त बाइकलाई एसजे मोटोका अध्यक्ष सौरभ ज्योतिले नेपाल भित्र्याएका हुन् । 

एमभी अगस्टा एफथ्रीबाट प्रभावित यो बाइकमा इनलाइन थ्री सिलिन्डर इन्जिन र कम्प्याक्ट बडी स्ट्रक्चर डिजाइन रहेका छ । यसमा अत्याधुनिक प्रविधिका साथै ब्रान्ड भ्याल्यु पहिचान गर्ने सबै फिचर उपलब्ध रहेका छन् ।

सुपरभेलोस सिरी ओरोमा ७९८ सीसी तीन सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले १३००० आरपीएममा १४८ हर्सपावर पावर तथा ८८ एनएम टर्क जेनेरेट गर्छ ।

एजेन्सीका अनुसार, एमभी अगस्टा सुपरभेलोस सिरी ओरो हालसम्म ३ सय युनिट मात्रै उत्पादन भएको जनाएको छ । त्यसमध्ये एक युनिट नेपाली बजारमा सौरभ ज्योतिले ल्याएका हुन । ३ सय मध्ये १४४ युनिट विश्वभर बिक्री भइसकेका छन् ।

नेपाली बजारमा यो बाइकको मूल्य ८६ लाख ९० हजार रुपैयाँ रहेको छ । नेपाली बजारमा यसको रेगुलर भेरिएन्ट भने बिक्रीका लागि उपलब्ध हुने जनाइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया