संखुवासभा एक जनाले खुकुरी प्रहार गरि आफनै साथीको हत्या गरेका छन ।
संखुवासभा खादबारी नगरपालिका १ तिलार नयाँबस्ती का २४ बर्षीय मुकेस तामाङले चिचिला गाऊपालिका २ घर भई हाल सोही स्थान दिदीको घरमा बस्दै आएका २६ बर्षीय पेमा शेर्पालाई खुकुरी प्रहार गरेर हत्या गरेका छन् ।
आज बिहान ९ बजे मृतकको घरदेखी अन्दाजी ५०० मिटर दक्षिण खोल्सीमा उनको शब फेला परेको जानकारी प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटि गई मुकेस तामाङलाई नियन्त्रणमा लिईएको थियो ।
प्रतिक्रिया