काठमाडौं, हिट फ्लपको अंकमा आलिया भट्टलाई जोख्ने हो भने आलिया पछिल्लो समयकै सबैभन्दा सफल अभिनेत्री हुन् । उनले खेलेका मध्ये एकाध मात्र फ्लप भएका छन् ।
हलिउडको चर्चित अनलाइन डेडलाइनका अनुसार आलियाले हलिउडको एउटा चर्चित एजेन्सीसँग सम्झौता गरेकी छिन् । विलियम मोरेस एजेन्सी नामको यो एजेन्सीले हलिउडका चर्चित कलाकार बेन एफलेक, जेनिफर गार्नर, जेक ग्लेनहाल, क्रिश्चिय बेल, फ्रिडा पिन्टो आदिलाई पनि हलिउडमा म्यानेज गर्छ ।
बलिउडबाट हलिउडमा गएर जम्नेमा प्रियंका चोपडा पहिलो नम्बरमा आउँछिन् । ‘क्वान्टिको’ सिरिजबाट हलिउड यात्रा सुरु गरेकी प्रियंकाले पछिल्लो समय ‘म्याट्रिक्स ४’ समेत अभिनय गर्ने अवसर पाएकी छिन् । प्रियंकाबाहेक दीपिका पादुकोनले पनि हलिउडको एजेन्सीसँग सम्झौता गरेकी छिन् ।
यही एजेन्सीको बलमा उनले तीन वर्ष अघि भेन डिजेलसँग ‘ट्रिपल एक्स’ सिरिजको जेन्डर केज शीर्षकको फिल्म गरेकी थिइन् ।
प्रतिक्रिया