नेपाल–भारत रेल आगामी महिनाबाट  सञ्चालनमा आउने, न्यूनतम भाडा कति ?

४ बर्ष अगाडि

झन्डै १० महिनापछि  जयनगर–जनकपुर  रेल सञ्चालनमा आउने भएको छ । गत असोजमा नेपाल भित्रिएको नेपाल रेलवे साउनको दोस्रो सातासम्ममा सञ्चालनमा आउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको हो।

मन्त्रालयका प्रवक्ता केशवकुमार शर्माका अनुसार रेल सञ्चालनका लागि भारतीय चालक र अन्य नेपाली जनशक्ति लिइएको छ। उनीहरूको तालिम शुक्रवार सकिन्छ।

लामो समयसम्म सञ्चालनमा आउन नसक्दा भौतिक पूर्वाधारमा परेको प्रभावको निवारण गरेर साउन ६ गते भारतीय पक्षबाट रेल सञ्चालनका लागि आवश्यक संरचना नेपालले बुझ्ने तयारी भएको बताइएको छ।

भारतीय सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा भारतको जयनगरदेखि नेपालको जनकपुर हुँदै बर्दिबाससम्म ६९ किलोमिटर रेलमार्ग निर्माणाधीन छ।धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर रेल सञ्चालन गर्नका लागि नेपालले करिब ८५ करोड रुपैयाँमा भारतबाट रेलको दुई सेट खरिद गरेको हो।

सरकारका अनुसार रेल सञ्चालनका लागि भाडा लगायत अन्य तयारी लगभग पूरा भइसकेको छ।

३५ किलोमिटर लामो रुटमा न्यूनतम १५ रुपैयाँदेखि ३०० रुपैयाँसम्म भाडा लाग्ने तय भएको बताइएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया