विदेशमा कमाएको रकम आफ्नो देश पठाउने मामलामा भारतीहरु पहिलेदेखि अघि रहने गरेका थिए । विश्व बैंकको एक रिपोर्टले सन् २०१८ मा पनि भारतीयहरु यस कुरामा सबैभन्दा शीर्ष स्थानमा रहेको देखाएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार विश्व बैंकको ताजा रिपोर्ट अनुसार प्रवासी भारतीयहरुले यो वर्ष लगभग ८० अर्ब अमेरिकी डलर आफ्नो देश पठाए ।
यो सुचिमा भारतपछि चीन रहेको छ । यहाँका नागरिकहरुले बाहिर कमाएको रकमबाट आफ्नो देश ६७ अर्ब अमेरिकी डलर पठाए ।
भारत र चीनपछि यो सुचिमा मेक्सिको ९३४ अर्ब डलर०, फिलिपिन्स ९३४ अर्ब डलर० र इजिप्ट ९२६ अर्ब डलर० रहेका छन् ।
यो वर्ष रेमिट्यान्समा उलेख्य वृद्धि
विश्व बैंकको ‘माइग्रेशन एण्ड रेमिटेन्स’ रिपोर्टको ताजा संस्करणमा बैंकले विकासशील देशहरुमा पठाइएको आधिकारिक रेमिट्यान्स सन् २०१८ मा १०.८ प्रतिशत बढेर रेकर्ड ५२८ अर्ब डलर पुगेको अनुमान लगाएको छ ।
पछिल्लो वर्ष यसमा ७.८ प्रतिशत वृद्धि भएको थियो ।
विश्व बैंकको रिपोर्टले पछिल्लो तीन वर्षमा विदेशबाट भारतमा पठाइएको रकममा उलेख्य वृद्धि भएको छ ।
सन् २०१६ मा यो ६२.७ अर्ब डलर थियो जुन अर्को वर्ष २०१७ मा बढेर ६५।३ अर्ब डलर भयो ।
सन् २०१७ मा विदेशबाट पठाइएको रकम भारतको कुल ग्राहस्थ उत्पादनको २।७ प्रतिशत हिस्सा रहेको थियो ।
विश्व बैंकका अनुसार यो वृद्धिको पछाडि मुख्यत विकसित देशहरु, खासगरी अमेरिकामा आर्थिक परिस्थितिहरुमा बलियो हुनु र तेलको मुल्यमा वृद्धी हुनु रहेको छ । तेलको मुल्यमा भएको वृद्धीले गर्दानै संयुक्त अरब एमिरेटजस्ता जीसीसी९गल्फ कोओपरेशन काउन्सील० देशहरुबाट आउने रेमिटेन्समा सकारात्मक प्रभाव परेको छ ।
पाकिस्तान र बंग्लादेशको अवस्था
रिपोर्टका अनुसार सन् २०१८ को पहिलो ६ महिनाामा संयुक्त अरब इमिरेटसमेत अन्य खाडि देशबाट बाहिरिने पैसामा १३ प्रतिशतले वृद्धि भयो ।
यही कारणले पाकिस्तान र बंग्लादेशमा पनि यो दौरान विदेशबाट आउने धनमा वृद्धि भएको छ । यो वर्ष पाकिस्तानमा भित्रने रेमिट्यान्समा १७.९ प्रतिशतले वृद्धि भयो भने बंग्लादेशमा ६।२ प्रतिशतले वृद्धि भयो ।
खाडि देशहरुमा पाकिस्तान र बंगालदेशका नागरिकहरुको ठूलो संख्या रहने गरेका छन् ।
तथापी यही रिपोर्टले अर्को वर्ष अर्थात सन् २०१९ मा यो क्षेत्रमा विदेशबाट आउने धनको वृद्धि दर कम हुदैं ४.३ प्रतिशत मात्रै रहन सक्छ ।
प्रतिक्रिया