नेपाली बजारमा सामसङको नयाँ स्मार्टफोन ग्यालेक्सी एम३२ सार्वजनिक, मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं - सामसङले नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ। ग्यालेक्सी एम३२ फोन नेपाली बजारमा कम्पनीले ल्याएको हो ।

ग्यालेक्सी एम ३२ प्रयोगकर्ताका लागि निकै उपयोगी हुने उनको दाबी छ । एन्ड्रोइड ११ मा चल्ने यस फोनमा ९० हर्जको रिफ्रेस रेटसहिट ६।४ इन्चको फुल एचडी रेजुलोसनको एमोलेड डिस्प्ले रहेको छ ।

६४ मेगापिक्सेलको क्यामेरा सेन्सर भएको फोनमा ६ हजार एमएएच क्षमताको ब्याट्री रहेको छ । मोबाइलका क्षेत्रमा ट्रेन्डिङ फिचर्सहरुलाई समेटेर आएको यो फोन नेपाली उपभोक्तामाझ लोकप्रिय हुने कम्पनीको विश्वास रहेको छ । 

कालो, निलो, र सेतो गरी ३ कलरहरुमा उपलब्ध यो फोनका दुई भेरियन्ट छन् । ४/६४ जिबी भेरियन्टको मूल्य २४ हजार ९९९ रुपैयाँ छ भने ६/१२८ भेरियन्टको मूल्य २७ हजार ९९९ रुपैयाँ छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया