जब बिच सडकमा अभिनेता सोनु सुदको पूजा गरियो... (भिडियो)

४ बर्ष अगाडि

बलिउड अभिनेता सोनू सुदलाइ पछिल्लो समय रियल हिरोको ट्याग मिल्दै आएको छ । सोनूले कोरोना माहामारी यता उनले गरेको सहयोगको चर्चा सबैत्र फैलिएको छ । 

यस्तैमा सोनूलाई भारतको नेल्लोरका स्थानीयले पूजा गरेका छन्। सोनूले नेल्लोरमा अक्सिजन प्लान्ट बनाएका कारण उनलाई भगवान भन्दै पूजा गरेका हुन्।

सिलिन्डरले भरिएका ट्रकहरूमा सुदको फोटो टाँसिएको थियो। उनको फोटोमा आरति गर्दै स्थानीयले पूजाआजा गरेका थिए। उनको जयजयकारका साथै देशभक्तिको नारा लगाउँदै जनमानसले सुदमाथि सम्मान प्रकट गरेका थिए। 

सोनु सुदले त्यसको भिडियो सामाजिक सञ्जालमा पनि राखेका छन्। त्यहाँ उनले ‘अक्सिजन प्लान्टको स्वागतका लागि धन्यवाद नेल्लोर। यी अक्सिजनले धेरैको ज्यान जोगाउनेछ भन्ने आशा गरेको छु।’ लेखेका छन्। पछिल्ला दिनमा उनले कोरोना बिरामीको मात्रै होइन, गरिबहरूका लागि पनि सहयोग गर्दै आइरहेका छन्।

 

४ बर्ष अगाडि

प्रतिक्रिया