आगामी हप्तासम्म मनसुन सक्रिय, यी क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह

४ बर्ष अगाडि

काठमाडौं - शुक्रबार देशभर मनसुन सक्रिय अवस्थामा रहेको छ । आगामी हप्तासम्म नै मनसुन सक्रिय रहने र धेरै  स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाले विशेष बुलेटिन जारी गर्दै मौसममा तत्काल सुधार नहुने चेतावनी दिएको छ । केही स्थानमा भारी वर्ष र धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

शुक्रबार दिउँसो प्रदेश १,  बागमती, गण्डकी र सुदूरपश्किा भारी वर्षाको सम्भावना भने सुदूरपश्चिम र बागमतीका एक वा दुई स्थानमा धेरै भारी वर्षाको आँकलन गरिएको छ । राति पनि प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

शनिबार धेरै स्थानमा पानी पर्नेछ । प्रदेश १,  बागमती, गण्डकी र लुम्बिनीका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ । भने प्रदेश १, बागमती र सुदूरपश्चिमकाएक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया