प्रगति नभएको नेकपा एमाले कार्यदलको बैठक आज पनि, सहमतिसहित निष्कर्ष दिने दावी

४ बर्ष अगाडि

काठमाडौं - नेकपा एमालेको कार्यदलको बैठक आज पनि बस्दै छ । आन्तरिक विवाद मिलाउने प्रयासमा रहेको उक्त कार्यदलको बैठक आज बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने भएको छ ।

आजको बैठकले सहमतिसहित निष्कर्ष दिने वार्ता समितिका सदस्य सुवास नेम्वाङले बताए । बिहीबार विहान बसेको बैठकपछि कार्यदलका सदस्यहरुले साँझसम्म सहमति हुने दाबी गरेका थिए । तर, विहीबारको बैठकपछि कार्यदलका अर्का सदस्य घनश्याम भुसालले भने बैठकमा खास प्रगति नभएको बताए ।

एमालेले आन्तरिक विवाद मिलाउन ओली पक्ष र माधव नेपाल पक्षका पाँच–पाँच जना सदस्यहरु रहेको कार्यदल गठन गरेको छ । कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । यसैगरी नेपाल पक्षबाट भिम रावल, घनश्यास भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त कार्यदलमा छन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया