काठमाडौं, नेपाल वायुसेवा निगमका महाप्रवन्धक डिमप्रकाश पौडेल कार्यकक्षबाट लखेटिएका छन् ।
कर्मचारीहरुको सहमति बिनै निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्ने निर्णय गरेको भन्दै विरोधमा उत्रिएका कर्मचारीहरुले उनलाई आफ्नो कार्यकक्षबाटै लखेटेका हुन् ।
निगमलाई पब्लिक कम्पनीमा लैजान सञ्चालक समितिले निर्णय गरेर प्रबन्धपत्रसमेत तयार पारेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा गत शुक्रबारनै पेश गरेका थिए ।
पुँजी वृद्धिनै नगरी निगमलाई पब्लिक कम्पनीमा लैजान नहुने र कर्मचारीहरुसँग छलफल नगरेको भन्दै केही दिनदेखि कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।
प्रतिक्रिया