सामाजिक सञ्जालको दुरुपयोग : एक वर्षमा ७० करोड ठगी, ४७० उजुरी

४ बर्ष अगाडि

काठमाडौं, महानगरीय अपराध महाशाखाका एस पि कृष्ण प्रसाद कोइरालाका अनुसार सामाजिक सञ्जालको दुरुपयोग गरेर आ.व.२०७७/०७८ मा अनलाइनबाट ठगीएको भन्दै ४७० वटा उजुरी परेका छन् । उक्त उजुरीका आधारमा ठगले अनलाइनबाट ७० करोड रुपैयाँ ठगि भएको उजुरी परेको उनले जानकारी दिए ।

महाशाखाबाट प्राप्त तथ्यांक अनुसार आ.व. २०७७/०७८ अनलाइबाट ठगी गर्ने १९ जना अभियुक्त पक्राउ गरी उनीहरु विरुद्ध मुद्धा चलाइएको छ । अभियुक्तमा १६ जना पुरुष र ३ जना महिला रहेका छन् । उनीहरुले १७ जना पुरुष र २२ जना महिलालाई ३ करोड ७ लाख ३७ हजार ६०८ रुपैयाँ बराबरको ठगी गरेका थिए । बाँकी उजुरीका आधारमा अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

ठगीका तरिका

महानगरीय अपराध महाशाखाका प्रवक्ता कृष्ण प्रसाद कोइरालाका अनुसार, सामाजिक सञ्जाल फेसबुक, इन्स्ट्राग्रामबाट दैनिक जिवनमा प्रयोग हुने सामानहरु होम डेलिभरी गरीदिने भन्दै पिडित संग पहिला रकम असुल्ने र सामान होम डेलिभरी नगरिदिने, विदेशबाट सित्तैमा महंगा गरगहना तथा नगद पठाएको छु भन्दै सामान पार्सलको फोटो सम्म पठाएर भन्सार छुटाउन र एक्सचेन्ज गर्न रकम आवश्यक पर्यो भन्दै बारम्बार पैसा मागेर ठग्ने गरीएको भेटिएको छ । 

यतिमात्र होइन फेसबुकमा महिलाको आकर्षक फोटो राखेर महिलाको नामबाट फेसबुक खाता खोलेर मायाजालमा पार्दै बिभिन्न अश्लिल फोटो पठाउने र आइएमई बाट पिडितलाई रकम पठाउन लाउने र मागेको रकम नदिए आफन्त साथीहरुलाई अश्लिल फोटो पठाइदिन्छु भन्दै ठगी गर्ने गरेको उनी बताउँछन् ।

नोटबजार संग कुरा गर्दै कोइरालाले भने,“फेसबुक, ह्वाटसप, इन्टाग्रामको प्रयोग गरि विदेशी नागरीक बनेर सुनका गरगहना, आइफोन मोबाइल, कपडाहरु समेत पठाइदिने भन्दै ठगी गर्ने, मिलियन डलर, ब्याग, बहुमूल्य सामानको बक्स पठाइदिन्छु भन्दै पैसा पठाउन लाउने र सामान नपठाउने गरिएको छ ।
साथै फेसबुक, ह्वाटसप, इमो मार्फत लटरी परेको छ भन्दै उक्त रकम प्राप्त गर्नका लागि ट्याक्स तिर्नुपर्छ भनेर विभिन्न खातामा रकम जम्मा गर्न लगाउने, बैंक खाता नम्बर माग्ने, मोबाइल बैंकिङको कोड नम्बर र पासवर्ड माग्दै आम सर्वसाधरणलाई ठग्ने गरेको पाइएको छ । ”

प्रविधिको पँहुच सर्वसाधरणमा जति सहज भयो अर्थात जमाना डिजिटलाइज भयो त्यती नै पिडितहरुको संख्या पनि बढीरहेको छ । महाशाखाका प्रवक्ता कोइरालाका अनुसार, अनुसन्धाका क्रममा बैंक खाता, इसेवा लगायत अनलाइन खाताहरु पनि झुटो विवरणको भेटिएका छन् । अहिले ग्राहक बढाउने उद्धेश्यले बैंक तथा वित्तिय संस्थामा सजिलै खोलिएका खाताहरुबाट पनि त्यस्तो समस्या हुनसक्ने उनले बताए । डिजिटल बैंक खाता खोल्दा, इसेवा, खल्ति, लगायतका खाता खोल्दा भेरिफिकेसनको प्रावधानलाई कडी कडाउ गर्नुपर्ने उनको सुझाब छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया